नियम
पूर्ण बैठकमा पेस हुने विषय
(१) नियम ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका विषयहरू छलफलको लागि पूर्ण बैठक (फुलकोर्ट) मा पेस गरिनेछः-

(क) नयाँ व्यवस्था तथा नीतिसम्बन्धी कुराहरू,

(ख) न्याय प्रशासनसँग सम्बन्धित कानूनमा संशोधन गर्नुपर्ने देखिएका कुराहरू,

(ग) अदालतको वार्षिक प्रतिवेदन र मातहतका अदालतले गरेको काम कारबाहीको निरीक्षण सम्बन्धी प्रतिवेदन,

(घ) आफ्नो अदालत र मातहतका अदालतको आय व्ययको अनुमान सम्बन्धी विषय,

(ङ) न्यायाधीशले पूर्ण बैठकमा पेस गराउन चाहेको अदालतको प्रशासन वा व्यवस्थासँग सम्बन्धित अन्य कुनै विषय ।

(२) पूर्ण बैठक (फुलकोर्ट) मा उच्च अदालत र त्यसको प्रादेशिक अधिकारक्षेत्रको अर्को इजलास वा अस्थायी इजलासको व्यवस्थापकीय तथा अन्य कुनै नीतिगत विषयमा छलफल वा निर्णय गर्नुपर्ने आवश्यक देखेमा मुख्य न्यायाधीशले अदालत, त्यस्तो अदालतको अर्को इजलास र अस्थायी इजलासका न्यायाधीशहरूलाई बैठकमा बोलाउन सक्नेछ।